२९, जेष्ठ २०८२ बिहीबार
काठमाडौं । रौतहटको चर्चित इटाभट्टा काण्डमा दोषी ठहरिएका नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश डा. खुसीराम थारुमाथि कालोमोसो प्रहार गरिएको छ।
बिहीबार नेकपा बहुमत निकटका कार्यकर्ताहरूले थारुको कार्यकक्षमै पुगेर कालोमोसो प्रहार गरेका हुन्। उनीहरूले न्यायमा अन्याय भएको भन्दै प्रतिकारको रूपमा उक्त कदम चालेको जनाइएको छ। घटनापछि प्रहरीले नेकपा बहुमतका दुई कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।
थारुले आलमलाई इटाभट्टामा मानिस जिउँदै जलाइएको मुद्दामा सफाइ दिएपछि न्यायाधीशको चौतर्फी आलोचना भइरहेको थियो। पीडित परिवार, मानव अधिकारकर्मी, र सर्वसाधारणले उक्त फैसलालाई न्यायको अपमान भनेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1