२९, जेष्ठ २०८२ बिहीबार
जोमसोङ, मुस्ताङ, — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मुस्ताङ जिल्लामा पार्टीको नयाँ कार्यालय भवनको शिलान्यास गर्नुभएको छ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नै पार्टी कार्यालय स्थापना भएपछि जिल्ला पार्टी इकाइ जनताको पक्षमा अझ बढी सक्रिय, संगठित र उत्साहित ढंगले काम गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीय नेताहरू, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। नयाँ कार्यालय भवनले पार्टीको सांगठनिक संरचना सुदृढ गर्न र जनताको सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1