समाचार

प्रचण्डद्वारा मुस्ताङको शीतोष्ण बागवानी केन्द्र अवलोकन, आत्मनिर्भर अर्थतन्त्रमा योगदानको अपेक्षा

२८, जेष्ठ २०८२ बुधबार 

मुस्ताङ, – गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको अवलोकन गर्नुभएको छ।

अवलोकनका क्रममा अध्यक्ष प्रचण्डले केन्द्रमा सञ्चालित बागवानीसम्बन्धी गतिविधि, फलफूल तथा तरकारी उत्पादन र अनुसन्धान कार्यहरूको स्थलगत जानकारी लिनुभएको थियो। उहाँले जलवायु अनुकूल खेती प्रणाली तथा प्रविधिको प्रयोगमार्फत स्थानीय उत्पादन वृद्धि गर्न केन्द्रले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

Advertisement

अध्यक्ष प्रचण्डले हिमाली जिल्लाहरूको कृषि सम्भावनालाई उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा यस्ता संस्थाहरूको सशक्त योगदान आवश्यक रहेको औंल्याउँदै, आगामी दिनमा सरकारले आवश्यक प्राविधिक सहयोग तथा पूर्वाधार विकासमा साथ दिने प्रतिबद्धता जनाउनुभयो।

शीतोष्ण बागवानी विकास केन्द्रले उच्च हिमाली भेगका लागि उपयुक्त प्रविधिहरू विकास गर्दै कृषकहरूलाई आधुनिक तथा व्यावसायिक खेतीतर्फ उन्मुख गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0