समाचार

नेपालगन्ज फोटो फेस्टिवल २०८२: चौथो संस्करण असार ४ र ५ मा आयोजना हुने

३०, जेष्ठ २०८२ शुक्रबार 

नेपालगन्ज, – देशभरका फोटोग्राफरहरुको प्रतिभा उजागर गर्ने उद्देश्यसहित नेपालगन्ज फोटो फेस्टिवलको चौथो संस्करण आगामी असार ४ र ५ गते नेपालगन्जको होटेल सिटी प्यालेस, धम्बोझीमा हुने भएको छ। अन्तरालको आयोजनामा हुने यो फेस्टिवलमा फोटो प्रदर्शनीसँगै फोटोग्राफी तालिम र विविध पुरस्कार वितरण कार्यक्रम समेत समावेश गरिनेछ।

कार्यक्रमका प्रमुख आयोजक जयनारायण शाहका अनुसार राष्ट्रिय फोटो प्रतियोगितामा प्राप्त २,१०० भन्दा बढी फोटोमध्येबाट छनौट गरिएका १११ उत्कृष्ट तस्बिरहरू प्रदर्शनीमा प्रस्तुत गरिनेछन्। यी फोटोहरूलाई प्रमाणपत्र प्रदान गरिनुका साथै काठमाडौं, प्रदेशस्तरका सहरहरूमा हुने आगामी प्रदर्शनीहरू र एक विशेष फोटो पुस्तकमा समेत समावेश गरिनेछ।

निर्णायक मण्डलमा वरिष्ठ फोटो पत्रकार विकास कार्की, वरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर रहेका छन्।

यसपटक उत्कृष्ट फोटोलाई “वर्ष फोटो – २०८१ अवार्ड” प्रदान गरिनेछ, जसको पुरस्कार राशी रु. ५१,१११ र प्रमाणपत्र रहेको छ।

पिपुल्स च्वाइस अवार्डका लागि भोटिङ खुला

फेस्टिवलको एक विशेष आकर्षण पिपुल्स च्वाइस अवार्ड हो, जसका लागि निर्णायक मण्डलले छनौट गरेका ३१ उत्कृष्ट फोटोहरू अनलाइन भोटिङका लागि सार्वजनिक गरिएका छन्। ईसेवा भोटिङ पार्टनर रहेको प्रतियोगितामा असार ५ गते दिउँसो १ बजेसम्म भोट दिन सकिनेछ। सर्वाधिक भोट प्राप्त गर्ने फोटोले रु. ५०,१११ नगद र प्रमाणपत्रसहित पिपुल्स च्वाइस अवार्ड प्राप्त गर्नेछ।

Advertisement

विधागत उत्कृष्टता र समिटको आयोजना

प्रतियोगिता ९ विधामा विभाजित गरिएको छ — दैनिक जीवन, समाचार, पर्यटन, कृषि, संस्कृति, वन्यजन्तु, प्रकृति र संरक्षण, खेलकुद, र नेपाल स्माइल। प्रत्येक विधामा उत्कृष्ट ठहरिएका फोटोहरूलाई रु. ५,००० नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ।

साथै, यो वर्ष पहिलो पटक नेपाल फोटोग्राफी समिट पनि आयोजना गरिने भएको छ, जहाँ फोटोग्राफर र फोटो पत्रकारहरूले आफ्ना अनुभव र ज्ञान आदानप्रदान गर्न सक्नेछन्।

Advertisement

फेस्टिवल संयोजकको भूमिका यसपटक पत्रकार निशु जोशीलाई दिइएको छ, जो फेस्टिवलको दोस्रो संस्करणकी वर्ष फोटो विजेता हुन्।

कार्यक्रमका लागि ‘सिंगो नेपाल झल्किने प्रदर्शनी’ को प्रतिवद्धता जनाउँदै आयोजकले सबैलाई सहभागी हुन आमन्त्रण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0