२८, जेष्ठ २०८२ बुधबार
काठमाडौँ, – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग (वाइसीएल) का नवनिर्वाचित पदाधिकारीहरूले मंगलबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
कोटेश्वरस्थित वाइसीएल नेपालको केन्द्रीय कार्यालय, पेरिस डाँडामा आयोजित समारोहमा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका पुष्प ओलीसहित अन्य पदाधिकारीहरूले पद ग्रहण गरे।
केही दिनअघि सम्पन्न महाधिवेशनले ओलीको नेतृत्वलाई अनुमोदन गर्दै नयाँ कार्यसमिति चयन गरेको थियो। पदभार ग्रहणसँगै वाइसीएल नेपालले नयाँ ऊर्जा र दिशा दिने संकेत गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1