२७, जेष्ठ २०८२ मगंलवार ५:५४
पोखरा, – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा सुरु भएको प्रचण्ड कप राष्ट्रिय भलिबल प्रतियोगिता – २०८२ को भव्य उद्घाटन गर्नुभएको छ।
देशभरिका विभिन्न भलिबल टोलीहरूको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले खेलकुदले राष्ट्रिय एकता, अनुशासन, र युवाहरूको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। उहाँले यस्ता प्रतियोगिताले महिला सशक्तिकरणमा योगदान दिने र नयाँ प्रतिभाहरू उजागर गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
उक्त प्रतियोगिता पोखरा महानगरपालिकाको संयोजनमा आयोजना गरिएको हो, जसले स्थानीय तथा राष्ट्रिय स्तरमा खेलकुद प्रवर्द्धनमा सशक्त प्रभाव पार्ने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1