व्यापार

वैदेशिक रोजगारको लागि UK पठाई दिन्छ भनि रकम ठगी गर्ने व्यक्तिहरु पक्राउ

२७, जेष्ठ २०८२ मगंलवार ५:१२

काठमाण्डौ, –  वैदेशिक रोजगारको नाममा ठगी गर्ने दुई जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल सरकारको वैदेशिक रोजगार विभागको निर्देशनमा काठमाण्डौ जिल्ला प्रहरी कार्यालयले लक्ष्मण पराजुली र अरुण राज शर्मा नामका व्यक्तिहरुलाई पक्राउ गरेर वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौ पठाएको छ।

पक्राउ परेका व्यक्तिहरु, लक्ष्मण पराजुली (४४ वर्ष) र अरुण राज शर्मा (४७ वर्ष) ले UK पठाउने भनी विभिन्न व्यक्तिहरुबाट ठूलो मात्रामा रकम ठगी गरेका थिए। अनुसन्धान अनुसार, यी ठगहरुले ३८ जना पीडितबाट करीब ११ करोड रूपैया ठगी गरेका छन्।

Advertisement

पक्राउ परेका व्यक्तिहरुका बारेमा थप अनुसन्धान जारी रहेको र अन्य पीडितहरु पनि प्रहरीको सम्पर्कमा आउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement