समाचार

काठमाडौंको टोखामा गोली प्रहार, सुरक्षाकर्मी घाइते

२७, जेष्ठ २०८२ मगंलबार 

काठमाडौं, – काठमाडौंको टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ। आज मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले ब्राउन सुगरका कारोबारीहरूको पक्राउको क्रममा गोली चलाउनु परेको हो।

ब्युरोका प्रवक्ता र एसपी जनकबहादुर शाहीका अनुसार, यो कार्यवाही गर्दा दुई जना प्रहरी घाइते भएका छन्। घाइते हुने प्रहरीका सदस्यहरू रवीन्द्र केसी र नवराज घिसिङ हुन्।

नेपाल प्रहरीका एसएसपी कृष्ण कोइरालाले दिएको जानकारी अनुसार, प्रहरी इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो। साथै, उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरिएको छ।

Advertisement

प्रहरीले यो घटना लागुऔषध नियन्त्रणमा कडा कदम उठाउने प्रयासको हिस्साका रूपमा लिएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

Advertisement