अन्तर्राष्ट्रिय समाचार

छत्तीसगढमा माओवादीको बम विस्फोट: एसएसपीसहित वरिष्ठ प्रहरी अधिकारीको मृत्यु

२६, जेष्ठ २०८२ सोमबार 

काठमाडौं, – भारतको छत्तीसगढ राज्यमा सक्रिय सशस्त्र माओवादी विद्रोहीले सोमबार बिहान गरेको शक्तिशाली बम विस्फोटमा एक वरिष्ठ प्रहरी अधिकृतको मृत्यु भएको छ।

सुक जिल्लाको कोन्टा डिभिजनमा भएको उक्त विस्फोटमा अतिरिक्त प्रहरी अधीक्षक (एसएसपी) प्रकाश राव गिरिपुन्जे मारिएका हुन्। बीबीसीका अनुसार उनी आफ्नो टोलीसहित पैदल गस्तीमा निस्किएका बेला माओवादीद्वारा पूर्वनियोजित आइईडी विस्फोटमा परेका थिए।

माओवादी विद्रोहीले यस आक्रमणलाई आफ्ना शीर्ष नेता नाम्बाला केशवराव उर्फ ‘बसवराज’ सहित झण्डै ४०० माओवादी लडाकूको हत्याको प्रतिशोधस्वरूप गरेको दाबी गरेका छन्। यसै घटनाको विरोधमा माओवादीले भारत बन्दको आह्वानसमेत गरेका छन्।

Advertisement

छत्तीसगढका उपमुख्यमन्त्री जिय शर्माले सुरक्षालाई बलियो बनाउने प्रयासका बीचमा प्रहरी टोलीमाथि आक्रमण भएको पुष्टि गरेका छन्। घटनापछि सुरक्षाकर्मीको व्यापक परिचालन गरिएको छ।

यसैबीच, भारतीय गृहमन्त्री अमित शाहले सन् २०२६ सम्म माओवादी विद्रोहलाई जडसहित अन्त्य गर्ने र सन् २०२९ भित्र भारतलाई “कम्युनिस्ट मुक्त राष्ट्र” बनाउने दाबी गरेका छन्। तर यस्ता घटनाले माओवादी समस्या अझै गहिरिँदै गएको संकेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement