२६,जेष्ठ २०८२ सोमबार
नेपालगञ्ज, जेष्ठ २६ — नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नारी विकास केन्द्रको आयोजनामा दुई महिनासम्म सञ्चालित एडभान्स ड्युटी पार्लर तालिमको समापन समारोह सोमबार एक भव्य कार्यक्रमका बीच सम्पन्न भयो।
कार्यक्रममा नारी विकास केन्द्रकी सल्लाहकार शान्ति श्रेष्ठज्यूको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रसाद बिष्ट उपस्थित थिए। कार्यक्रममा विशिष्ट अतिथि उपमहानगरपालिकाका प्रमुख प्रशासक अधिकृत राम हरि शर्मा, वडा नम्बर ९ का वडा अध्यक्ष गोविन्द रेग्मी, सामाजिक विकास शाखाका अधिकृत शान्ति केसी, महिला जागृतिशीलकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, अन्तरपार्टी महिला सञ्जालकी पूर्व अध्यक्ष रेखा गुप्ता तथा नारी विकास केन्द्रका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
२५ देखि २६ सम्म सञ्चालित तालिममा सहभागी महिलाहरूलाई आधुनिक र व्यावसायिक ड्युटी पार्लर सीप प्रदान गरिएको थियो। तालिमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउने र स्वरोजगारका अवसर सिर्जना गर्नु रहेको आयोजक संस्थाले जनाएको छ।
समापन समारोहमा तालिम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि प्रसाद बिष्टले महिलाको सशक्तिकरणका लागि यस्ता तालिमहरू अत्यन्तै आवश्यक रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमले महिलाहरूमा आत्मविश्वास बढाउनुका साथै आर्थिक आत्मनिर्भरता हासिल गर्न उत्प्रेरणा प्रदान गरेको सहभागीहरूले बताएका छन्।