राजनीति

नेपाल विद्यार्थी संघको मुस्लिम विद्यार्थी विभागको केन्द्रीय संयोजकमा असलम भाँट चयन

२६, जेष्ठ २०८२ सोमबार 

बाँके, खजुरा – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघअन्तर्गत मुस्लिम विद्यार्थी विभागको केन्द्रीय संयोजकमा बाँकेका युवा समाजसेवी असलम भाँट चयन भएका छन्।

खजुरा गाउँपालिका–७ निवासी भाँट लामो समयदेखि समाजसेवामा सक्रिय रहँदै राजनीतिक यात्रा प्रारम्भ गरेका युवा नेताका रुपमा चिनिन्छन्। पछाडि पारिएको मुस्लिम समुदायको हकहितका लागि राजनीतिक पहुँच सुनिश्चित गर्न र सामाजिक परिवर्तनमा राजनीति माध्यम बन्न सक्ने विश्वासका साथ आफूले राजनीतिमा पाइला चालेको भाँटले बताएका छन्।

Advertisement

“राजनीति परिवर्तनको साधन हो, पछाडि पारिएको समुदायलाई मूलधारमा ल्याउन मेरो यात्रा यही बाटोबाट अघि बढेको हो,” भाँटले भने।

असलम भाँट नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरका विश्वासपात्र नेताका रुपमा समेत परिचित छन्। उनको नेतृत्वमा मुस्लिम विद्यार्थी विभागलाई अझ सशक्त र प्रभावशाली बनाइने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement