समाचार

बाँकेमा बकर ईदको रौनक: चार पालिकाले दिए आइतबार सार्वजनिक बिदा (पत्र सहित)

२५, जेष्ठ २०८२ आइतबार 

बाँके, नेपालगञ्जमा इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद को रमाइलो ताना-बाना बुनिँदै गर्दा, चार स्थानीय तहले आइतबारका लागि सार्वजनिक बिदा घोषणा गरेका छन्। नेपालगञ्ज उपमहानगर, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकाले आ–आफ्नो सूचना निकालेर “कामलाई ब्रेक, पर्वलाई स्पेस” दिएका हुन्।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाह, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ र खजुरा गाउँपालिकाका डम्बर बहादुर विक (तुफान) सबैजना आफ्ना पालिकावासीलाई शुभकामना दिँदै जानकारी गराएका छन् कि अत्यावश्यक सेवा बाहेक बाँकी सबै सेवा आइतबार बन्द हुने छन्।

बकर ईद तीन दिनसम्म मनाइने पर्व हो, जसमा बलिदान, भक्ति र भाइचाराको सन्देश मिसिएको हुन्छ। यो वर्ष शनिबारबाट सुरु भएको बकर ईदको उत्सव आइतबार पनि तागतिलो छ।

Advertisement

 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0