समाचार

ईद-उल-अज्हाको अवसरमा नेपालगञ्ज उप-महानगरपालिकामा आइतबार स्थानीय सार्वजनिक विदा

२४, जेष्ठ २०८२ शनिबार 

इरफान अलि (अरसद) 

बाँके, नेपालगञ्ज — इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद-उल-अज्हा (बकर ईद) को अवसरमा नेपालगञ्ज उप-महानगरपालिका अन्तर्गतका सबै कार्यालयहरूमा २०८२ साल जेष्ठ २५ गते स्थानीय सार्वजनिक विदा दिइने भएको छ।

नगर प्रमुखको निर्णयअनुसार नगर कार्यपालिकाको कार्यालय र यस अन्तर्गतका २३ वटै वडा कार्यालयहरूबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवा बन्द रहने जनाइएको छ।

Advertisement

यस अवसरमा नेपालगञ्ज उप-महानगरपालिकाले जेष्ठ २५ गते (ईदको दिन) स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको छ। नगर प्रमुखस्तरीय निर्णयअनुसार नगर कार्यालय तथा वडा कार्यालयहरूबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवा बन्द रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement