२४, जेष्ठ २०८२ शनिबार
काठमाडौं, २४ जेठ २०८२ – इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर ईद (ईद-उल-अज्हा) को अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश तथा विदेशमा रहेका सबै नेपाली इस्लाम धर्मावलम्बीहरूलाई शुभकामना व्यक्त गरेका छन्।
एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा बकर ईदजस्ता पर्वहरू कुनै एक समुदायको मात्रै नभई राष्ट्रिय पर्वका रूपमा स्थापित भइसकेको उल्लेख गरेका छन्। उनले यस्ता पर्वहरूले सामाजिक एकता, आपसी सद्भाव र सहिष्णुतालाई सुदृढ बनाउँदै राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
उनले चाडपर्वहरूलाई मानव सभ्यताको विकासक्रमसँग जोड्दै, यी पर्वहरू जीवनका अनुभव, शिक्षा र ज्ञानको समुच्चयको उपज भएको बताएका छन्। बकर ईदलाई आपसी सद्भावको पर्वका रूपमा स्मरण गर्दै उनले समाजमा सहिष्णुता र न्यायपूर्ण संरचना निर्माणमा यसको भूमिका महत्वपूर्ण हुने पनि बताए।
शुभकामना सन्देशको अन्त्यमा अध्यक्ष दाहालले पुनः सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूलाई बकर ईदको मंगलमय शुभकामना व्यक्त गरेका छन्।