राजनीति

वाइसीएल नेपालद्वारा केन्द्रीय निर्वाचन कार्यक्रम सार्वजनिक — उम्मेदवारी प्रक्रिया जेठ २२ देखि सुरू

२१, जेष्ठ २०८२ बुधबार 

इरफान अलि (अरसद) 

काठमाडौं, – योङ कम्युनिष्ट लिग, नेपाल (YCL Nepal) ले तेस्रो राष्ट्रिय सम्मेलनबाट चयन गरिने केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन प्रयोजनका लागि विस्तृत कार्यक्रम सार्वजनिक गरेको छ। डा. जगतकृष्ण पोखरेल नेतृत्वको केन्द्रीय निर्वाचन समितिले २०८२ सालको निर्वाचन कार्यतालिका जेठ २१ गते बेलुका १० बजे प्रकाशित गरेको हो।

निर्वाचन कार्यक्रम अनुसार, मतदाता नामावली जेठ २१ गते नै सार्वजनिक गरिएको छ। त्यसपछिका सबै प्रक्रिया भने जेठ २२ गते एकैदिन सम्पन्न गरिने उल्लेख गरिएको छ।

जेठ २२ मा विहान १० बजेदेखि मतदाता नामावलीमा दावी तथा विरोध दर्ता, छानबिन, अन्तिम नामावली प्रकाशन, उम्मेदवारी दर्ता, उजुरी प्रक्रिया, उम्मेदवार फिर्ता लगायतका सम्पूर्ण गतिविधिहरू क्रमिक रूपमा अघि बढाइने छन्। अन्तिम उम्मेदवार सूची दिउँसो ३:२० बजे सार्वजनिक गरिने तालिका छ।

Advertisement

मतदान, मतगणना, नतिजा घोषणा तथा प्रमाण–पत्र वितरणलगायतका बाँकी कार्यक्रमको मिति र समय भने पछि पुनः प्रकाशित गरिने जनाइएको छ।

निर्वाचन अधिकृत डा. पोखरेलद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “मतदान लगायतका कार्यक्रमहरूको तालिका आवश्यकताअनुसार हेरफेर गरिनेछ र पुनः औपचारिकरूपमा सार्वजनिक गरिनेछ।”

Advertisement

YCL नेपालको तेस्रो राष्ट्रिय सम्मेलन अत्यन्त महत्वपूर्ण मानिएको छ, जसबाट नयाँ नेतृत्व चयन हुँदैछ। पार्टीभित्रको संगठनात्मक सुदृढीकरण तथा आगामी रणनीतिक बाटोको निर्धारणका दृष्टिले यो निर्वाचनलाई निर्णायक मानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0