समाचार

महोत्तरीमा अबैध नदीजन्य पदार्थ उत्खनन् गर्ने ९ सवारीसाधन नियन्त्रणमा, रु. २.४ लाख जरिवाना

 

१९, जेष्ठ २०८२ सोमबार 

महोत्तरी,

जिल्ला प्रहरी कार्यालय महोत्तरीले अबैध रुपमा नदीजन्य पदार्थ (गिट्टी, बालुवा, ढुङ्गा) उत्खनन् तथा ढुवानीमा संलग्न सवारीसाधनहरूलाई नियन्त्रणमा लिई जरिवाना गरेको छ। वैशाख महिनाभरि (२०८२ वैशाख १ गतेदेखि ३१ गतेसम्म) सञ्चालन गरिएको विशेष अनुगमन र कारवाही अभियानमा प्रहरीले ९ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार ती सवारीसाधनहरूलाई आवश्यक कानुनी प्रक्रिया सहित जिल्ला समन्वय समिति तथा सम्बन्धित स्थानीय तहमा पठाइएको छ। सो कारवाही अन्तर्गत जम्मा रु. २,४०,००० जरिवाना गरिएको जानकारी दिएको छ।

Advertisement

नियन्त्रणमा लिइएका सवारीसाधन र जरिवाना विवरण:

प्रहरीले वातावरणीय क्षति रोकथाम, स्रोतसाधनको संरक्षण तथा नियम विपरीत भइरहेको उत्खनन् नियन्त्रणका लागि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ। साथै, प्रहरी कार्यालयले सर्वसाधारणलाई पनि यस्ता अवैध कार्य देखेमा नजिकको प्रहरी कार्यालयमा सूचना दिन आग्रह गरेको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0