समाचार

भारत–नेपाल सीमाबाट पाँच लाख भारतीय रुपैया सहित दुई जना पक्राउ

१६, जेष्ठ २०८२ शुक्रबार 

बाँके, नेपालगन्ज – जिल्ला प्रहरी कार्यालय बाँकेले भारत–नेपाल सीमा क्षेत्रबाट शंकास्पद अवस्थामा भारतीय पाँच लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मिति २०८२ साल जेठ १४ गते भारतको रुपैडिया नाकाबाट नेपाल प्रवेश गर्ने क्रममा जिल्ला लखनऊ, उत्तर प्रदेश भारत निवासी ४० वर्षीय निरज चौरासिया सञ्चालन गरेको UP 32 LV 6389 नम्बरको सुजुकी गाडी जाँच गर्दा गाडीभित्र लुकाइछिपाइ राखिएको भारतीय रुपैयाँ बरामद भएको हो।

चेकजाँचका क्रममा भारतीय रुपैयाँ ५०० दरका ६०० थान र २०० दरका १,००० थान गरी कुल पाँच लाख भारतीय रुपैयाँ फेला परेको प्रहरीले जानकारी दिएको छ।

Advertisement

उक्त नगदसहित सोही गाडीमा सवार दाङ जिल्ला, पूर्व पुरन्धारा गाविस–१ की २६ वर्षीया साईना नेपाली समेत दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर बाँकेमा बुझाइएको छ।

बरामद नगद तथा सवारीसाधन आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा हस्तान्तरण गरिएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1