समाचार

खजुरामा १८औं गणतन्त्र दिवस भव्य रुपमा सम्पन्न, आठ जना सम्मानित

१५, जेष्ठ २०८२ बिहिवार 

बाँके, खजुरा — खजुरा गाउँपालिकाको आयोजनामा आज बिहान १८औं गणतन्त्र दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ। इलाका प्रहरी कार्यालय धनौलीदेखि खजुरा बहुउद्देश्यीय सभाहलसम्म बाजागाजासहित भव्य र्‍याली निकालिएको थियो।

उक्त र्‍यालीमा पालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी, पत्रकार, बुद्धिजीवी, स्वास्थ्यकर्मी, नागरिक समाज लगायतको उल्लेखनीय सहभागिता रहेको थियो। खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क. र सहिद सेतु बि.क.का श्रीमान् शेर बहादुर बि.क.ले सहिद सेतु बि.क.को शालिकमा माल्यार्पण गर्दै र्‍यालीको औपचारिक उद्घाटन गरेका थिए।

सभाहलमा आयोजित विशेष समारोहमा अध्यक्ष डम्बर बहादुर बि.क.ले गणतन्त्र दिवस जनताको बलिदान, संघर्ष र त्यागको प्रतीक भएको उल्लेख गर्दै भने, “एकात्मक निरङ्कुश राजतन्त्रको अन्त्य नेपाली जनताले गणतन्त्रमार्फत गरेका छन्। अब हामीले प्राप्त गरेको संविधानले जनताको मौलिक हक, सामाजिक न्याय, धर्मनिरपेक्षता र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको छ।”

Advertisement

त्यस्तै, उपाध्यक्ष मञ्जु माल्लले गणतन्त्रले महिलाको हक सुनिश्चित गरी राज्यका हरेक तहमा उनीहरूको सहभागिता बढाएको उल्लेख गर्दै भनिन्, “अब निरङ्कुश शासनको कल्पना पनि गर्न सकिँदैन।”

कार्यक्रममा गणतन्त्र स्थापनाका क्रममा बाँके क्षेत्र नं. ३ मा १९ दिने आन्दोलन सशक्त बनाउने भूमिकामा रहेका संयुक्त जनआन्दोलन परिचालन समिति संयोजक मान बहादुर ओलिलगायत आठ जना अग्रणी व्यक्तित्वहरूलाई विशेष सम्मान गरिएको छ।

Advertisement

यस्तै, गाउँपालिकाभित्र सक्रिय २० वटा युवा क्लबहरूलाई खेलकुद सामग्री समेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0