समाचार

मिस्टर एण्ड मिस एस.ई.ई. अडिसनबाट १५ जना प्रतिभागी छनोट

१५, जेष्ठ २०८२ बिहिवार 

इरफान अलि (अरसद) 

बाँके, नेपालगञ्ज — नेपालगञ्जमा आयोजना हुन गइरहेको ‘मिस्टर एण्ड मिस एस.ई.ई.’ को चौथो संस्करणका लागि सम्पन्न अडिसनबाट १५ जना सहभागीहरू अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन्।

शनिबार सम्पन्न अडिसनमा उल्लेखनीय सहभागिता देखिएको आयोजक पिके इभेन्ट्स प्रालि ले जनाएको छ। यस वर्षको एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गरेर आयोजना गरिएको प्रतियोगिताको अडिसनमा ३६ जना सहभागी भएका थिए।

पिके इभेन्ट्स प्रालिका अध्यक्ष प्रकाश कुँवर का अनुसार, “नेपालगञ्जमा हुने सौन्दर्य प्रतियोगिताहरूमध्ये हाम्रो कार्यक्रम विश्वसनीयता र गुणस्तरका हिसाबले फरक छ। अभिभावकहरू समेत कार्यक्रमप्रति उत्साहित छन्।”

Advertisement

चौथो संस्करणको कोरियोग्राफी सुप्रिया पुन मगर र बिराज थापाले गर्ने छन् भने कार्यक्रम युनाइटेड एजुकेशनल एकेडेमी को शैक्षिक साझेदारीमा सञ्चालन हुने छ।

प्रतिस्पर्धाका क्रममा सहभागीहरूलाई वाकिङ, फोटोशुट, सामाजिक उत्तरदायित्व, खेलकुद र मेकअप सम्बन्धी प्रशिक्षण प्रदान गरिनेछ।

कार्यक्रमका विजेताले छात्रवृत्तिको अवसरसँगै पिके इभेन्ट्सको ब्रान्ड एम्बेसडर बन्ने अवसर प्राप्त गर्ने छन्। साथै, अन्य विभिन्न विधामा विजेता बन्ने प्रतिभागीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0