समाचार

नेपालगन्ज–९ का युवाहरुलाई अभिमुखिकरण: वडाको विकासमा सहकार्य गर्ने प्रतिबद्धता

१५, जेष्ठ २०८२ बिहिवार 

बाँके, 

      “युवा नेतृत्व विकास, स्थानीय शासन र सामाजिक                  उत्तरदायित्वमा जोड”

बाँके, नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका–९ मा युवाहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। “युवा नेतृत्व विकास तथा युवामैत्री स्थानीय शासन” विषयक सो कार्यक्रम नाइस नेपालगन्जको आयोजनामा वडा कार्यालयको सहकार्यमा गरिएको हो।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि वडा अध्यक्ष गोविन्द रेग्मीले युवाहरुको क्षमता अभिवृद्धि गर्दै सामाजिक रूपान्तरणमा उनीहरुको सक्रिय सहभागिता सुनिश्चित गर्न अभिमुखिकरणले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, “समाजको विकास युवाहरुको सक्रियता र नेतृत्वबिना सम्भव छैन। हामी युवा मैत्री स्थानीय शासनको अवधारणामा अघि बढिरहेका छौं।”

अभिमुखिकरणको उद्देश्य युवा नेतृत्व विकास गर्नुका साथै  युवामैत्री स्थानीय शासन सम्बन्धी जानकारी प्रदान गर्नु, वडा र युवाबीच समन्वय मजबुत बनाउनु, र समग्र वडाको विकासमा युवाको सहभागिता सुनिश्चित गर्नु रहेको आयोजकले जनाएका छन्।

Advertisement

कार्यक्रममा सहभागी युवाहरुले वडा स्तरीय युवा क्लबलाई पुनः सक्रिय बनाउने, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, सामाजिक कुरीतिविरुद्ध आवाज उठाउने, र नियमित सरसफाइ अभियान जस्ता गतिविधिमा संलग्न हुने कार्ययोजना तय गरेका छन्। साथै, अभिमुखिकरणबाट प्राप्त ज्ञान व्यवहारमा उतार्ने प्रतिबद्धता समेत जनाएका छन्।

तालिममा नेतृत्व विकास, स्थानीय शासनमा युवा सहभागिता, स्थानीय विकास प्रक्रिया लगायतका विषयमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्ट, मन भण्डारी, शोभा थापा मगर लगायत प्रशिक्षकहरुले सहजीकरण गरेका थिए। साथै, युवा उत्प्रेरक खुमेश सुवेदीले युवाहरुलाई प्रेरणा जगाउने सत्र सञ्चालन गरेका थिए।

Advertisement

कार्यक्रम नाइस नेपालगन्जका सह–सचिव माधव कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो भने उपाध्यक्ष शोभा थापा मगरले स्वागत मन्तव्य दिएकी थिइन्। कार्यक्रममा वडा नं. ९ का विभिन्न टोलबाट १८ जना युवाहरुको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0