१४, जेष्ठ २०८२ बुधबार
बाँके,
बाँके, नेपालगन्ज — भारतको प्रतिष्ठित स्वास्थ्य मणिपाल अस्पताल, (नयाँ दिल्ली) को एक विशेष टोलीले बुधबार नेपालगन्जको एक कार्यक्रममार्फत आफ्नो अस्पतालद्वारा प्रदान गरिँदै आएको गुणस्तरीय स्वास्थ्य सेवाबारे जानकारी दिएको छ।
नेपालगन्जस्थित होटेल सिद्धार्थमा आयोजित पत्रकार सम्मेलन तथा अन्तर्क्रिया कार्यक्रममा Manipal Hospitals का वरिष्ठ प्रतिनिधिहरूले नेपालका बिरामीहरूका लागि उपलब्ध सेवा, उपचार सुविधा, विशेषज्ञ डाक्टरहरू, तथा अस्पतालको अन्तर्राष्ट्रिय स्तरको पूर्वाधारबारे विस्तृत रूपमा चर्चा गरे।
कार्यक्रममा टोलीका प्रमुख वरिष्ठ यूरोलोजिस्ट डा. विकास जैनले भने, “हामी नेपाली बिरामीहरूका लागि अझ सहज र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नेपालका विभिन्न स्थानमा स्वास्थ्य सचेतना र जानकारी कार्यक्रम गरिरहेका छौं। नेपालगन्जमा पनि धेरै बिरामीहरू Manipal Hospitals मा उपचारका लागि आउनुहुन्छ, त्यसैले यहाँको समुदायसँग प्रत्यक्ष संवाद गर्नु आवश्यक ठान्यौं।”
उक्त कार्यक्रममा विभिन्न स्थानीय स्वास्थ्यकर्मी, पत्रकार, समाजसेवी तथा बिरामीहरू सहभागी थिए। सहभागीहरूले भारतमा उपचार गर्दा देखिने प्रक्रियागत जटिलता, खर्च, तथा प्राथमिक सल्लाहका सम्बन्धमा जिज्ञासा राखेका थिए। टोलीले ती सबै प्रश्नहरूको उत्तर दिँदै अस्पतालले उपलब्ध गराउँदै आएको “International Patient Services” मार्फत नेपाली बिरामीहरूलाई प्राथमिक परामर्श, यात्राको व्यवस्थापन, भाषा अनुवाद, तथा उपचारपछिको समन्वय लगायतका सेवा दिने जानकारी गरायो।
कार्यक्रमको समापनमा Manipal Hospitals को टोलीले नेपालगन्जवासी बिरामीहरूलाई उपचारका लागि पूर्व-परामर्श सेवा तथा समन्वय सहज बनाउन विशेष हेल्पडेस्कको घोषणा पनि गरे।
वरिष्ठ यूरोलोजिस्ट डा. विकास जैनको संक्षिप्त परिचय
डा. विकास जैन एक प्रख्यात यूरोलोजिस्ट तथा युरोलोजी विभागका प्रमुख हुन्, जसले २० वर्षभन्दा बढीको अनुभव सँगाल्नु भएकाे छ। उहाँले एमबीबीएसपछि जनरल सर्जरीमा एमएस, युरोलोजीमा डीएनबी तथा युएसएबाट एफएसीएस उपाधि हासिल गर्नुभएको छ। साथै, बेलायतको लिभरपुल विश्वविद्यालयबाट “Renal Transplantation Science” मा डिप्लोमा समेत लिनुभएको छ।
उहाँको विशेषज्ञता युरोलोजीको सबै प्रमुख पक्षहरूमा फैलिएको छ — विशेष गरी रोबोटिक सर्जरी, मिर्गौला प्रत्यारोपण, एंडो-युरोलोजी, पुनःसंरचनात्मक सर्जरी, लापारोस्कोपिक तथा खुल्ला क्यान्सर सम्बन्धी युरोलोजिकल सर्जरी, बाल-युरोलोजी लगायतका क्षेत्रमा।
डा. जैनले रोबोटिक सर्जरी अन्तर्गत प्रोस्टेट, मिर्गौला र मूत्राशयसम्बन्धी जटिल शल्यक्रियाहरूमा दक्षता हासिल गर्नुभएको छ। मिर्गौला प्रत्यारोपणका लागि उहाँले डोनर र रिसिपिएन्ट दुवैको सफल सर्जरी गर्दै आउनुभएको छ।
उहाँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थाका सदस्य हुनुहुन्छ, जसमध्ये अमेरिकन युरोलोजिकल एसोसिएसन, युरोपियन युरोलोजिकल एसोसिएसन, युरोलोजिकल सोसाइटी अफ इण्डिया, र सोसिएते इन्टरनैस्नल डि युरोलोजी प्रमुख छन्।
डा. अभिनव नरवरिया : एक समर्पित क्यान्सर विशेषज्ञको संक्षिप्त परिचय
डा. अभिनव नरवरिया एक अनुभवी मेडिकल अन्कोलोजी (क्यान्सर चिकित्सा) विशेषज्ञ हुन्, जो हाल कन्सल्टेन्टका रूपमा कार्यरत छन्। उहाँले एमबीबीएस, एमडी र DrNB (Medical Oncology) गरी चिकित्सा क्षेत्रमा उच्च शिक्षा हासिल गर्नुभएको छ।
उहाँको विशेषज्ञता किमोथेरापी, टार्गेटेड, हर्मोनल र इम्युनोथेरापी जस्ता आधुनिक उपचार प्रविधिमा केन्द्रित छ। उहाँले स्तन, फोक्सो, पाचन, महिलासम्बन्धी, टाउको र घाँटी, मूत्रजनन, हड्डी तथा कोमल टिश्यु लगायतका विभिन्न प्रकारका क्यान्सरहरूमा विशेषज्ञ सेवा प्रदान गर्नुहुन्छ। साथै, उहाँले ल्यूकेमिया, लिम्फोमा र माइलोमा जस्ता रक्तसम्बन्धी क्यान्सरको पनि उपचारमा विशेष दक्षता राख्नुहुन्छ।
डा. नरवरिया क्यान्सर स्क्रिनिङ, खोप, जनचेतना तथा जोखिम न्यूनीकरण रणनीतिमा समेत सक्रिय हुनुहुन्छ। उहाँले बोन म्यारो प्रक्रिया, लम्बर पङ्क्चर तथा इन्ट्राथेकल थेरापी जस्ता जटिल उपचारसमेत सफलता साथ गर्दै आउनुभएको छ।
उहाँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा सदस्य हुनुहुन्छ, जसमा ESMO, ASCO, ISO, र ISMPO समावेश छन्। उहाँले डाना फाबर क्यान्सर इन्स्टिच्युट (अमेरिका) र पिटर म्याककलम क्यान्सर इन्स्टिच्युट (अष्ट्रेलिया) बाट स्तन तथा फोक्सो क्यान्सरसम्बन्धी विशेष प्रशिक्षण समेत लिनुभएको छ।
डा. नरवरियाले विभिन्न सम्मेलनहरूमा उत्कृष्ट प्रस्तुति र अनुसन्धानका लागि पुरस्कार जित्नुका साथै राष्ट्रिय स्तरमा वक्ता रूपमा समेत सहभागिता जनाउँदै आउनुभएको छ।
उहाँको समर्पण र योगदानले क्यान्सर उपचारको क्षेत्रमा महत्त्वपूर्ण प्रभाव पारिरहेको छ।