८, जेष्ठ २०८२ बिहीबार
बाँके,
जिल्ला बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१२ स्थित महेन्द्र बहुमुखी क्याम्पस नजिकैबाट भारतबाट भन्सार छलि अवैध रूपमा ल्याइएका करिब रु. ४,८५,९५० बराबरका सामानहरू बरामद गरिएको छ।
स्थानीय सुरक्षा निकायको सक्रियतामा बरामद गरिएका ती सामानहरूमा दैनिक उपभोग्य र घरेलु प्रयोगका वस्तुहरू रहेका छन्। बरामद गरिएको वस्तुहरूको विवरण निम्नानुसार छ:
१- स्टिलका थाल – ९० थान (अन्दाजी मूल्य रु. १३,०००)
२- स्टिलका कचौरा – २०० थान (रु. २०,०००)
३- कुकर – ५ थान (रु. २५००)
४- चामल – १५ प्याकेट (रु. २०,४००)
५- पानी बर्षाती – २८० थान (रु. ४२,०००)
६- अटो पार्ट्स – अन्दाजी मूल्य रु. ३,८८,०५०
यसरी कुल रु. ४,८५,९५० बराबरको वस्तु अवैध भन्सार छलिको रुपमा बरामद भएको हो।
सुरक्षा निकायका अनुसार, यस्तो गतिविधिले राजस्व घाटासँगै कानुनी जोखिम पनि निम्त्याउने भएकाले यसप्रकारका अवैध कार्यविरुद्ध निगरानी कडा पारिएको छ। दोषीको पहिचान तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।