८, जेष्ठ २०८२ बिहीबार
बाँके, नेपालगञ्ज
नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरस्थित सीमा प्रहरी चौकीमा आयोजित नागरिक संवाद कार्यक्रममा लिमरा खबरका पत्रकार मंसूर अली इदरीसीलाई विशेष सम्मान प्रदान गरिएको छ।
सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा पत्रकार इदरीसीले समाजमा दबिएका, वेवास्ता गरिएका आवाजहरूलाई उजागर गर्दै सरोकारवाला निकायसम्म पुर्याउन गरेको उल्लेखनीय योगदानको कदरस्वरूप सम्मान गरिएको हो।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, प्रहरी उपरीक्षक रामप्रसाद घर्ती मगर, सशस्त्र प्रहरी बल ३० नं. गण बागेश्वरी हेडक्वाटरका गणपति शोभाकान्त खनाल, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट लगायत विभिन्न वडाका अध्यक्षहरूको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रममा वक्ताहरूले सञ्चारकर्मीहरूलाई समाज रूपान्तरणका संवाहकका रूपमा चित्रित गर्दै पत्रकार इदरीसीको कार्यलाई प्रेरणादायी र अनुकरणीय भनेका थिए।