समाचार

प्रहरी नायव महानिरीक्षक भट्टद्वारा बाँकेमा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

८,जेष्ठ २०८२ बिहीबार 

बाँके, 
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक श्री राजेन्द्र प्रसाद भट्टज्यूको विशेष निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम जिल्ला प्रहरी कार्यालय बाँकेमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका क्रममा प्र.ना.म.नि. भट्टज्यूले कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण गर्नुका साथै विभिन्न शाखाबाट सम्पन्न कार्य विवरणको समीक्षा गर्नुभयो। उहाँले जिल्ला प्रहरी कार्यालय र मातहतका सम्पूर्ण इकाइ प्रमुख, वरिष्ठ प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूसँग विशेष संवाद गर्दै समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रमाणमुखी अपराध अनुसन्धान र अभिलेख व्यवस्थापनलाई सुदृढ बनाउनु पर्नेमा जोड दिनुभयो।

उहाँले प्रहरी संगठनका मूल्य र मान्यताअनुरूप कार्य सम्पादन गर्न, जनमुखी सेवा प्रवाहमा सुधार ल्याउन र प्रत्येक प्रहरी कर्मचारीले आचरण तथा आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने स्पष्ट निर्देशन दिनुभयो।

Advertisement

कार्यक्रमपछि प्र.ना.म.नि. ज्यूले पूर्व प्रहरी कर्मचारीहरूसँग पनि आत्मीय भेटघाट गर्दै विचार विमर्श गर्नुभएको थियो।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्री रामप्रसाद घर्ती मगरज्यूले प्रमुख अतिथिको निर्देशनलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै, प्रहरी सेवालाई जनमुखी, समयसापेक्ष, उत्तरदायी, समावेशी, परिष्कृत तथा विश्वसनीय बनाउने विश्वास दिलाउनुभयो।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1