समाचार

बाँकेमा ब्राउन सुगरसहित दुई जना पक्राउ

७, जेष्ठ २०८२ बुधबार 

नेपालगञ्ज, २०८२ जेठ ७ – बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ स्थित सडक किनारबाट शंकास्पद अवस्थामा हिँडिरहेका दुई जना व्यक्तिलाई प्रहरीले लागू औषधसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ बस्ने १९ वर्षीय समिर बेहेना र सोही स्थानका ३१ वर्षीय जुमाई सिद्दिकी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, उनीहरूको शरीर तथा साथमा रहेको सामग्रीको खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको हो।

पलाष्टिकबाट हटाई तौल गर्दा उक्त पदार्थको तौल ७० ग्राम ५२० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको लागूपदार्थसहित उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0