समाचार

नेपालका हज तीर्थयात्रीहरूको पहिलो समूहलाई साउदी राजदूतद्वारा बिदाई

३, जेठ २०८२ शनिबार 

इरफान अलि 

काठमाडौं, जेठ १७ — नेपालका लागि साउदी अरेबियाका महामहिम राजदूत श्री साद बिन नासेर अबु हैमेदले १४४६ हिजरी वर्षको हज यात्राका लागि साउदी अरेबिया प्रस्थान गर्ने नेपाली हज तीर्थयात्रीहरूको पहिलो समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभयो।

बिदाई समारोहमा राजदूत अबु हैमेदले साउदी अरेबिया राज्यले हज यात्रामा आउने अल्लाहका पाहुनाहरूको स्वागत गर्दै उनीहरूलाई उत्कृष्ट सेवा र सुविधाहरू प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो। उहाँले दुई पवित्र मस्जिदका संरक्षक तथा महामहिम युवराज र प्रधानमन्त्रीको नेतृत्वमा राज्य सरकार तीर्थयात्रीहरूको सुरक्षा, शान्ति र आध्यात्मिक अनुभूतिको वातावरण सुनिश्चित गर्न पूर्ण रूपमा समर्पित रहेको बताउनुभयो।

Advertisement

समारोहमा नेपाल सरकारका गृहमन्त्री श्री रमेश लेखक पनि सहभागी हुनुभएको थियो। उहाँले तीर्थयात्रीहरूलाई सफल, सुरक्षित र आध्यात्मिक रूपमा सम्पन्न हज यात्राको शुभकामना व्यक्त गर्नुभयो।

हज समितिका प्रमुख श्री इस्रा मुल्ला मिया, मुस्लिम आयोगका अध्यक्ष तथा नेपाल हज समिति र इस्लामिक संघका अन्य पदाधिकारीहरूको उपस्थिति पनि उल्लेखनीय रह्यो।

तीर्थयात्रीहरूलाई सम्मानपूर्वक बिदाई गर्दै विमानस्थलमा हर्षोल्लासपूर्ण वातावरण देखिएको थियो।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0