समाचार

राजा खान विइङ ह्युम्यान संस्थाद्वारा हज यात्रामा जाने नेपालगन्जका हाजीहरूलाई सम्मान, ड्राईफ्रुट वितरण

२, जेठ २०८२ शुक्रबार 

इरफान अलि 

नेपालगन्ज, बाँके – धार्मिक आस्था र सेवाभावलाई प्रेरणा बनाउँदै, राजा खान विइङ ह्युम्यान संस्थाले नेपालगन्जबाट हज यात्रा गर्न लागेका हाजीहरूलाई एक विशेष समारोहका बीच बिदाइ तथा सम्मान गरेको छ। कार्यक्रम अन्तर्गत हाजीहरूलाई शुभकामना व्यक्त गर्दै स्वास्थ्यवर्धक ड्राईफ्रुट वितरण गरिएको हो।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मोह्म्मद अरशद शेषले हज यात्रा इस्लाम धर्ममा अत्यन्त पवित्र र महत्वपूर्ण रहेको उल्लेख गर्दै हाजीहरूको यात्रा सफल र सुरक्षित होस् भन्ने कामना व्यक्त गरे। उनले भने, “हज यात्रामा निस्कनु आफैंमा एक पुण्य कार्य हो। हामीले सामाजिक सद्भाव र धार्मिक एकता प्रवर्द्धनका लागि हाजीहरूलाई सानोतिनो सम्मान प्रदान गरेका हौं।”

Advertisement

कार्यक्रममा स्थानीय समुदाय, धार्मिक अगुवा, युवा प्रतिनिधि तथा नागरिक समाजका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले संस्थाको यो कार्यले हाजीहरूमा उत्साह थपेको र धार्मिक चेतनामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

राजा खान विइङ ह्युम्यान संस्था सामाजिक, धार्मिक र मानवसेवामा निरन्तर क्रियाशील रहँदै आएको छ। संस्था आगामी दिनहरूमा समेत यस्ता प्रेरणादायी कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
0
+1
0