समाचार

नेपालगन्जबाट हज यात्रामा प्रस्थान गर्दै गरेका हाजीहरूलाई सम्मानपूर्वक बिदाइ वाइसीएल नेपाल र मुस्लिम मुक्तिमोर्चाको संयुक्त आयोजनामा बिदाइ कार्यक्रम सम्पन्न

२, जेठ २०८२ शुक्रबार 

इरफान अलि 

बाँके 

बाँके जिल्ला- नेपालगन्जबाट पवित्र हज यात्रामा प्रस्थान गर्न लागेका हाजीहरूमध्ये केहीलाई विशेष सम्मानसहित बिदाइ गरिएको छ। नेपालगन्ज उपमहानगरपालिका–१२ स्थित बीपी चौकको इदगाहमा आयोजित बिदाइ कार्यक्रम वाइसीएल नेपाल, नेपालगन्ज उपमहानगर कमिटी र मुस्लिम मुक्तिमोर्चा नेपालका जिल्ला तथा उपमहानगर समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

Advertisement

कार्यक्रममा सहभागिहरूले हाजीहरूलाई माला, खादा र हाजीहरुलाई पिउनेपानीको व्यवस्था तथा शुभकामना सहित बिदाइ गरे। आयोजकहरूले हज यात्राको सफलताको कामना गर्दै यस किसिमको धार्मिक सहिष्णुता र सद्भाव भविष्यमा पनि निरन्तर जारी रहने विश्वास व्यक्त गरे।

बिदाइ कार्यक्रममा वाइसीएल र मुस्लिम मुक्तिमोर्चाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकहरूले हजलाई धार्मिक आस्थासँग जोडिएको पवित्र यात्राको रूपमा सम्मान गर्नुपर्नेमा जोड दिएका थिए।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0