समाचार

हज २०२५ : नेपालबाट ११७१ जना हजयात्री साउदी प्रस्थानको तयारीमा, पहिलो टोली जेठ ३ मा जाँदै

२, शुक्रबार २०८२ 

इरफान अलि 

साउदी अरेबियामा रहेका पवित्र मक्का र मदिना मुस्लिम धर्मावलम्बीहरूको आस्था, विश्वास र समर्पणको केन्द्र हो। हरेक वर्ष यहाँ विश्वभरका लाखौँ मुस्लिम हजयात्रीहरू हजको लागि पुग्ने गर्छन्। यस वर्ष पनि नेपालबाट ११७१ जना हजयात्री साउदी अरेबिया प्रस्थान गर्न लागेका छन्।

सन् २०२५ को हजको लागि नेपाललाई १२०० भन्दा बढी कोटा प्रदान गरिएको भए पनि ११ उडानमार्फत जम्मा ११७१ जना नेपाली हजयात्री मक्का-मदिनाको लागि जान लागेका हुन्। पहिलो चरणमा, ५५ जना यात्रु आगामी जेठ ३ गते साउदी प्रस्थान गर्ने तयारीमा छन्।

Advertisement

पहिलो टोलीको स्वागत तथा सहजीकरणका लागि साउदीस्थित नेपाली राजदूत डा. नरेश विक्रम ढकाल, वाणिज्यदूत सिर्जना अधिकारी, दूतावास परिवार, साथै विभिन्न निकायका प्रतिनिधिहरू विमानस्थलमा उपस्थित रहनेछन्।

यस वर्ष हजमा विश्वभरबाट करिब २८ लाखभन्दा बढी मुस्लिम धर्मावलम्बी सहभागी हुने अनुमान गरिएको छ। साउदी सरकारले हज अवधिमा कडाइ गर्ने घोषणा गर्दै अनुमति बिना हज गर्न खोज्ने जो-कोहीलाई १ लाख रियालसम्म जरिवाना, देश निकाला तथा १० वर्षसम्म प्रवेश निषेध गर्ने चेतावनीसमेत दिएको छ।

नेपाल सरकार र साउदीस्थित नेपाली दूतावासले हजयात्रीहरूको सुरक्षाका साथै हज प्रक्रिया सरल, सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण तयारी गरिरहेको जनाएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0