समाचार

नक्कली कागजात बनाउने सेटअपमा प्रहरीको छापा, त्रिविदेखि पासपोर्टसम्म सबै नक्कली”तीन जना प्रहरीको नियन्त्रणमा

१, बिहिवार जेठ २०८२

काठमाडौं, जेठ १ – राजधानीको मुटुमा चलिरहेको एउटा अवैध कागजात निर्माण उद्योगलाई प्रहरीले पर्दाफास गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले प्रमाणपत्रदेखि बैंक स्टेटमेन्ट, राजनीतिक दलको छापसम्म नक्कली बनाउँदै आएका तीन जनाको गिरोहलाई तारकेश्वर नगरपालिका–७ फुटुङबाट पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये मुख्य योजनाकार गोरखा भीमसेनथापा–१ की ४६ वर्षीया अञ्जनी बयलकोटी रहेको प्रहरीले जनाएको छ। उनीसँगै मकवानपुरकी २३ वर्षीया अञ्जु खत्री र ओखलढुंगा निवासी २८ वर्षीय निर्मल खड्का पनि पक्राउ परेका छन्।

७ वर्षदेखि चल्दै आएको अवैध अफिस

बयलकोटीले विगत सात वर्षदेखि तारकेश्वरको कोठा भाडामा लिएर नक्कली कागजात बनाउने कार्य सञ्चालन गर्दै आएकी थिइन्। उनले खत्री र खड्कालाई मासिक १० हजारदेखि १५ हजार रुपैयाँसम्म तलबमा राखी ‘डिजाइनर’ का रूपमा प्रयोग गर्दै आएकी थिइन्।

जसले जे माग्यो, त्यही बनाएर दिने

त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र, मार्कसिट, म्यारिज सर्टिफिकेट, जग्गा धनीपुर्जा, सवारी चालक अनुमतिपत्र, सहकारी र बैंकको स्टेटमेन्ट, राजनीतिक पार्टीको लेटरप्याड, विभिन्न अस्पतालका मेडिकल रिपोर्ट—जुनसुकै कागजात भए पनि यो गिरोहले तयार पार्थ्यो।

विदेश जाने योजनामा रहेका नेपालीका लागि समेत उनीहरू विशेष ‘सेवा’ दिन्थे। जापान जाने विद्यार्थीलाई सहकारीको स्टेटमेन्ट, डिपेन्डेन्ट भिसाका लागि म्यारिज सर्टिफिकेट, पिआर तथा ग्रीन कार्ड आवेदनका लागि नक्कली मेडिकल कार्ड बनाउने उनीहरूको नेटवर्क देश बाहिरसमेत फैलिएको देखिएको छ।

चकित बनाउने प्रमाण–सामग्री बरामद

प्रहरीले उनीहरूको ‘कार्यालय’ बाट जुन सामग्री बरामद गरेको छ, त्यसले यो गतिविधि साना स्तरको नभई व्यवस्थित अपराध भएको स्पष्ट गर्छ। बरामद सामाग्रीमा:

Advertisement

शैक्षिक प्रमाणपत्र: माइग्रेसन सर्टिफिकेट (४२), क्यारेक्टर सर्टिफिकेट (६०), एकेडेमिक ट्रान्सक्रिप्ट (११०), प्रोभिजनल सर्टिफिकेट (५०)

कानुनी कागजात: म्यारिज सर्टिफिकेट (५), जग्गाधनी पुर्जा (१०), वार्षिक आम्दानी विवरण (७), सिफारिस पत्र (२०)

बैंक र सहकारी: स्टेटमेन्ट पाना (१००), सहकारीका लेटरप्याड (१७), स्टेटमेन्ट पाना (१७)

Advertisement

प्रविधि उपकरण: कम्प्युटर, प्रिन्टर, स्ट्याम्प मेसिन, डाई कटर, लेमिनेसन र हिटिङ मेसिन

नक्कली छाप र दस्तखत: कुल ३५५ थान छाप र १५० वटा खाली स्ट्याम्प

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ। प्रहरीले यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी तीव्र पारेको जनाएको छ। अनुसन्धान अधिक गहिरिएमा अझ ठूलो गिरोह फस्ने अनुमान गरिएको छ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0