समाचार

इराक घर्तीको नेतृत्वमा YCL नेपाल दाङको नयाँ कार्यसमिति सर्वसम्मत चयन

३० मगंलवार २०८२ 

इरफान अलि 

दाङ, ३० बैशाख – YCL नेपाल दाङको तेस्रो जिल्ला सम्मेलनबाट इराक घर्तीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरिएको छ।

सम्मेलनमा नेकपा (माओवादी केन्द्र) दाङका जिल्ला इन्चार्ज तथा संयोजक एवं पूर्व अर्थमन्त्री धनबहादुर मास्के, अन्य केन्द्रीय तथा स्थानीय नेताहरूको विशेष उपस्थिति रहेको थियो।

नवगठित कार्यसमितिमा रहेका प्रमुख पदाधिकारीहरू यस प्रकार छन्:

अध्यक्ष – इराक घर्ती

उपाध्यक्षहरू – रोशन केसी, कुशलबुढा, पुनम सेन्चुरी

सचिव – विप्लव ओली

सहसचिवहरू – देवराज ओली, दिवस परियार, कुलबहादुर ओली, लिलाध केसी, सीता वि.क

कोषाध्यक्ष – शरद गिरी

जिल्ला सदस्य – विजय सुनार लगायतको समावेशी टिम

कार्यक्रमले संगठनको सुदृढीकरण, युवाको नेतृत्व विकास तथा स्थानीय तहमा सक्रियता विस्तार गर्ने लक्ष्य लिएको छ। सम्मेलनले युवा वर्गको उर्जालाई देश निर्माणमा क्रियाशील बनाउने मार्गचित्र तय गरेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0