समाचार

भारत–पाकिस्तान तनाव चुलियो: भारतीय आक्रमणमा ११ पाकिस्तानी सैनिकको मृत्यु, ४० सर्वसाधारणको ज्यान गयो

३०, बैशाख २०८२

इरफान अलि 

इस्लामाबाद — भारतसँगको पछिल्लो सैन्य तनावले गम्भीर रूप लिँदै गएको छ । भारतीय आक्रमणमा परेर पाकिस्तानका ११ सैनिकको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये ६ जना पाकिस्तानी सेनाका र ५ जना वायुसेनाका सदस्य रहेको डन मिडियाले जनाएको छ ।

यस आक्रमणमा ४० जना सर्वसाधारणको पनि ज्यान गएको र १२१ जना नागरिक घाइते भएका छन् । सीमामा चुलिएको तनावले नागरिकस्तरमा समेत गम्भीर मानवीय संकट निम्त्याएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले सैनिक र सर्वसाधारणको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै राहत प्याकेज घोषणा गरेका छन् । “मरकज–ए–हक” नामक योजनाअन्तर्गत ज्यान गुमाउनेका परिवारलाई १ करोड पाकिस्तानी रुपैयाँ दिइनेछ । घाइतेहरूलाई १० देखि २० लाख रुपैयाँसम्मको क्षतिपूर्ति उपलब्ध गराइने बताइएको छ ।

Advertisement

त्यस्तै, प्रधानमन्त्री शरीफले मंगलबार दिउँसो १२ बजे सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठकमा भारत विरुद्ध सुरु गरिएको “अपरेशन बन्यान–अन–मर्सूस” बारे विस्तृत छलफल र भावी रणनीति तय गरिनेछ ।

क्षेत्रीय स्थायित्वलाई चुनौती दिनेगरी चुलिएको यो तनावले दक्षिण एसियाली सुरक्षा परिदृश्यमा गहिरो असर पार्न सक्ने प्रक्षेपण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Advertisement