समाचार

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति, अमेरिकी मध्यस्थतामा भएको घोषणा

२७ शनिबार २०८२

काठमाडौं – भारत र पाकिस्तानबीच जारी तनाव अन्त्य गर्दै पूर्ण युद्धविरामको सहमति भएको छ। दुबै मुलुकका शीर्ष अधिकारीहरूले सहमति तत्काल लागू हुने जानकारी दिएका छन्।

पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशमन्त्री विक्रम मिश्रिले संयुक्त रूपमा युद्धविरामको सहमति भएको जानकारी सार्वजनिक गरेका हुन्। भारतीय परराष्ट्र सचिव विक्रम मिस्रीका अनुसार पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) र भारतीय समकक्षीबीच भएको दिउँसोको फोनवार्तामा पूर्ण युद्धविराम लागू गर्ने निर्णयमा पुगिएको हो।

सहमति कार्यान्वयन गर्न दुवै देशका डीएमजीओहरूलाई निर्देशन दिइसकिएको बताइएको छ।

Advertisement

यस ऐतिहासिक सहमति पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थता महत्वपूर्ण रहेको बताइएको छ। ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविराम घोषणा गर्न पाउँदा खुशी व्यक्त गर्दै, अमेरिकाको पहलमा भएको लामो वार्तापछि भारत र पाकिस्तानबीच सहमति जुटेको दाबी गरेका छन्।

यो सहमतिले दुई देशबीचको लामो समयदेखि जारी सीमावर्ती तनाव अन्त्य हुने आशा गरिएको छ, जसले सम्पूर्ण दक्षिण एशियामा शान्ति र स्थायित्वको नयाँ सम्भावना सिर्जना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

Advertisement