२७ शनिबार २०८२
काठमाडौं, बैशाख २७ — पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले हालको भारत–पाकिस्तानबीचको सैन्य तनावबारे गम्भीर आरोप लगाएका छन्। उनले पाकिस्तानले नभई भारतले युद्ध भड्काएको दाबी गर्दै आफ्ना गतिविधिको बचाव गरेका छन्।
बीबीसीसँग कुराकानी गर्दै मन्त्री तरारले भने, “यो (युद्ध) पाकिस्तानले सुरु गरेको होइन। पाकिस्तानलाई जवाफ दिने अधिकार छ। देशको सेनाले आक्रामकताको जवाफ दिन सक्छ।”
पछिल्ला दिनहरूमा भारतको जम्मु सहरको रेहारी कोलोनीमा भएको आक्रमणले जनधनमा ठूलो क्षति पु¥याएको छ। स्थानीयका अनुसार धेरै घर र सवारीसाधन क्षतिग्रस्त भएका छन्। तरारले भने भने आक्रमण नागरिकलाई लक्षित नभएको स्पष्ट पार्दै, “पाकिस्तानले केवल सैन्य अड्डाहरूलाई मात्र निशाना बनाएको हो,” भन्ने दाबी गरेका छन्।
यता भारतले भने पाकिस्तानका गतिविधिलाई “निरन्तर उत्तेजक” भन्दै त्यसको जवाफ दिइरहेको जनाएको छ। भारतका विदेश सचिव विक्रम मिश्रीले भने, “पाकिस्तानले सीमामा गरेको उत्तेजनात्मक कार्यहरूको भारतले उचित जवाफ दिएको छ।”
भारत–पाकिस्तानबीचको तनाव पछिल्ला वर्षहरूमा पुनः उत्कर्षमा पुगेको देखिएको छ। दुबै देशले एक–अर्कालाई आक्रोश र आक्रमणको दोष दिँदै सुरक्षा सतर्कता कडा बनाएका छन्।