समाचार

प्रचण्डद्वारा अनाथ र सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण, शिक्षा र भविष्य निर्माणको पूर्ण जिम्मेवारी

१६ , मंगलबार २०८२ 

कैलाली, वैशाख १६ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनाथ तथा सहिद परिवारका बालबालिकाहरूको अभिभावकत्व ग्रहण गर्दै शिक्षा र भविष्य निर्माणको सम्पूर्ण जिम्मेवारी बहन गर्ने घोषणा गर्नुभएको छ।

कैलालीको भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माध्यमिक विद्यालयमा आयोजित शैक्षिक कार्यक्रममा अध्यक्ष प्रचण्डले अल्पसंख्यक राजी समुदायकी कक्षा ३ मा अध्ययनरत निन्दु राजी र सहिद परिवारकी कक्षा १० मा अध्ययनरत अनिशा थरूनीको औपचारिक रूपमा अभिभावकत्व ग्रहण गर्नुभएको हो।

Advertisement

कार्यक्रममा अध्यक्ष प्रचण्डले शैक्षिक पात्रो विमोचन गर्नुका साथै दुवै विद्यार्थीलाई पाठ्य सामग्रीसहितको झोला प्रदान गर्नुभएको थियो। उहाँले बालबालिकाको शिक्षा सुनिश्चित गर्नु सामाजिक न्याय र समानताको मार्गमा महत्वपूर्ण कदम भएको बताउँदै, माओवादी आन्दोलनले उठाएका मुद्दाहरू अझै सान्दर्भिक रहेको उल्लेख गर्नुभयो।

यस विद्यालयमा पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको पहलमा प्राविधिक शिक्षा पनि सुरु गरिएको छ। कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीयबासी तथा पार्टीका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0