समाचार

भारत–पाक तनाव चुलिँदै: जासुसी ड्रोन खसालिएको पाकिस्तानको दाबी, द्विपक्षीय सम्झौता निलम्बन

१६ , मगंलवार २०८२ 

एजेन्सी, इस्लामाबाद – भारत र पाकिस्तानबीचको चिसिएको सम्बन्ध झनै चर्किने संकेत देखिएको छ। पाकिस्तानले आफ्नो नियन्त्रण रेखामा भारतले पठाएको भनिएको जासुसी ड्रोन खसालिएको दाबी गरेको छ।

पाकिस्तानी सरकारी रेडियोले सुरक्षा स्रोतलाई उद्धृत गर्दै जानकारी दिएको अनुसार, भारतले भाम्बरको मनावर सेक्टरमा ड्रोन प्रयोग गरी जासुसी प्रयास गरेको थियो। उक्त ड्रोन पाकिस्तानले खसालेको दाबी गरे पनि भारतले हालसम्म यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

यस घटनाअघि अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा भएको चरमपन्थी आक्रमणमा २६ जना मारिएका थिए। सो घटनापछि भारतले पाकिस्तानविरुद्ध कडा कदमहरू चालेको छ। भारतले सिन्धु जल सन्धि निलम्बन गर्ने, अटारी सीमा बन्द गर्ने र भिसा सुविधा फिर्ता लिने निर्णय गरिसकेको छ।

पाकिस्तानले जवाफस्वरूप शिमला सम्झौतासहित सबै द्विपक्षीय सम्झौता निलम्बन गर्ने, हवाई मार्ग र सीमा बन्द गर्ने तथा भारतसँगको व्यापार रोक्ने निर्णय गरेको छ। साथै, भारतलाई पाकिस्तानी हवाई क्षेत्र प्रयोग गर्न समेत निषेध गरिएको छ।

Advertisement

दुवै देशले आफ्नो-आफ्नो रक्षा सल्लाहकार र कूटनीतिक कर्मचारी फिर्ता बोलाउने तथा संख्यामा कटौती गर्ने निर्णय गरेका छन्। पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्ले भनेको छ कि भारतले सिन्धु जल सन्धिअनुसार पाकिस्तानको भागमा पर्ने पानी रोकेको खण्डमा त्यसलाई युद्ध घोषणा सरह लिइने र कडा जवाफ दिइनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement