समाचार

अध्यक्ष प्रचण्डले चाखे अछामी भक्सीको स्वाद, सुदूरपश्चिमको सांस्कृतिक सम्मान

१६ , बैशाख २०८२ 

कैलाली

हुलाकी राजमार्ग केन्द्रित माओवादीको तराई–मधेस जागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोलीले सुदूरपश्चिमको अछामी समुदायद्वारा तयार पारिएको परम्परागत परिकार भक्सीको स्वाद चाखेका छन्।

Advertisement

स्थानीय संस्कृति र पहिचानप्रति सम्मान प्रकट गर्दै टोलीले केराको पातमा परोसीएको भक्सी र डल्ला मास खाजा रूपमा ग्रहण गर्‍यो। चामलको पिठो, मह र घ्यूको मिश्रणबाट तयार गरिने भक्सी तथा मसलेदार डल्ला मास अछामी समुदायको विशिष्ट परिकार मानिन्छ।

सांस्कृतिक जडानलाई सुदृढ गर्न यस्तो अभ्यासले अभियानलाई स्थानीय तहमा अझ प्रभावकारी बनाएको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement