समाचार

नेपालगञ्ज महेन्द्र बहुमुखी क्याम्पसमा मानवशास्त्र विभागद्वारा भव्य सरसफाइ कार्यक्रम सम्पन्न

१४ आइतबार २०८२

नेपालगञ्ज — सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको शैक्षिक धरोहरमा योगदान पुर्‍याउने उद्देश्यले नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा मानवशास्त्र विभागका प्राध्यापक तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा भव्य सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको संयोजन मानवशास्त्र विभागका प्राध्यापक गोकर्ण बहादुर शाहीले गर्नुभएको थियो। सरसफाइ अभियानमा डा. संजय शर्मा (प्राध्यापक) सहित मानवशास्त्र अध्ययनरत विद्यार्थीहरू मर्मजग बम, पूजा थापा, पूर्ण देवकोटा, सुनिल कुमार भुल, श्रीराम देवकोटा, कृष्णा जोशी, प्रतीक जोशी र आस्था शाहीले सक्रिय सहभागिता जनाएका थिए।

कार्यक्रमका संयोजक शाहीले क्याम्पसलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यले सरसफाइ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले विद्यार्थीहरूलाई वातावरणीय सचेतनाको सन्देश फैलाउन समेत प्रेरणा दिने उद्देश्य रहेको बताउनुभयो।

Advertisement

यस अवसरमा सहभागीहरूले महेन्द्र बहुमुखी क्याम्पस परिसर तथा आसपासका क्षेत्रहरू सफा गर्दै स्वच्छ वातावरण निर्माणमा सन्देशमूलक योगदान पुर्‍याएका थिए।

मानवशास्त्र विभागले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0