बाँके, नेपालगञ्ज – जनता समाजवादी पार्टी (जसपा), नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबीच लुम्बिनी प्रदेशमा एकता तथा समायोजन भएको छ।
२०८३ साल असोज १८ गते भएको एकता/समायोजनपछि रामअवतार यादवको अध्यक्षतामा लुम्बिनी प्रदेश समिति गठन गरिएको हो।

नवगठित समितिको अध्यक्षमा रुपन्देहीका रामअवतार यादव चयन भएका छन्। उपाध्यक्षमा नगेन्द्र अग्रहरी (नवलपरासी), सुशील यादव (रुपन्देही), बाबु खाँ पठान (बाँके), चन्द्र धामा हरिजन (नवलपरासी), शिव पुजन यादव (कपिलवस्तु) र अरविन्द शर्मा (बाँके) रहेका छन्।

त्यस्तै, मुख्य सचिवमा दाङका शिवकुमार चौधरी तथा सचिवमा मोहम्मद अली फकिर, सुनिल पटवा, सुशीला पौडेल शर्मा, विरेन्द्र गोडिया, निरु गैरे, इनामुल्ला फकीर, सुमित्रा चौधरी र रामरेखा यादव चयन भएका छन्। कोषाध्यक्षमा नसीम अख्तर रहेका छन्।
समितिमा विभिन्न जिल्लाबाट गरी ३३ जना सदस्यसमेत चयन गरिएको छ। सदस्यहरूमा बाँकेका गुफरान अहमद शाह (अलि), जयन्ती श्रीवास्तव, रमेशकुमार यादव, उत्तम गुप्ता, जगदिश वैश्य, ललिता गुप्ता, अजय मिश्रा र अयोध्या प्रसाद पासीलगायत रहेका छन्।

एकता तथा समायोजनसँगै लुम्बिनी प्रदेशमा दुवै दलका संगठनलाई एउटै प्रदेश समितिमार्फत अघि बढाउने संरचना तयार भएको छ।

