खेलकुद, जीवनशैली, भर्खरै, समाचार, समाचार, स्वास्थ

क्रिकेट खेलाडीले पुरस्कार रकमबाट रु. ११ हजार १११ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

०३, असोज २०८३ शनिबार 

बाँके, नेपालगञ्ज – रसुवा र भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित पीडितहरूको सहयोगका लागि नेपालगञ्ज–१८ का क्रिकेट खेलाडीहरूले आर्थिक सहयोग गरेका छन्।


बाँकेको खजुरा गाउँपालिकामा स्व. झुपबहादुर सिंह ठकुरी स्मृति खुला वार्डस्तरीय क्रिकेट प्रतियोगितामा दोस्रो स्थान हासिल गरेबापत प्राप्त रु. २१ हजार पुरस्कार रकममध्ये रु. ११ हजार १११ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको हो।


खेलाडीहरूले बाढी तथा पहिरोका कारण प्रभावित परिवारहरूको दुःखमा ऐक्यबद्धता जनाउँदै पुरस्कार रकमको केही हिस्सा राहतका लागि प्रदान गरेका हुन्।

Advertisement


उनीहरूले विपद्को समयमा पीडितको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको भन्दै आफ्नो क्षमताअनुसार सहयोग गरेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement