भर्खरै, राजनीति, समाचार, समाचार

सुदन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ

२६, जेष्ठ २०८३ मगंलवार 

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्री नियुक्त हुने भएका छन्। उनको शपथग्रहण आज दिउँसो ३ बजे हुने तय भएको छ।


यसअघि सम्पत्ति विवरण लगायतका विभिन्न विवादमा मुछिएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले उनीमाथि लागेको आरोपबारे छानबिन गर्न विशेष समिति गठन गरेको थियो।

छानबिन समितिले गुरुङमाथि लगाइएका आरोप पुष्टि नभएको निष्कर्ष निकाल्दै ‘क्लीन चिट’ दिएपछि उनलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको सरकारी स्रोतले जनाएको छ।

Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार शपथग्रहण कार्यक्रमका लागि राष्ट्रपति कार्यालयमा आवश्यक पत्राचार भइसकेको छ। गुरुङले आजै पद तथा गोपनीयताको शपथ लिएपछि औपचारिक रूपमा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्।

उनको पुनरागमनसँगै सरकारको सुरक्षा तथा गृह प्रशासन सम्बन्धी कार्यसम्पादनमा निरन्तरता आउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement