२८, फल्गुण २०८२ बिहिवार
बाँके, नेपालगन्ज – नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा एनपीजे लायन किङ्स ले उत्कृष्ट प्रदर्शन गर्दै जुनियर क्याम्ब्रिज लाई १२ रनले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेको एनपीजे लायन किङ्सले निर्धारित १३.३ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको थियो। टोलीका लागि आदिल शाह ले सर्वाधिक २८ रन बनाए। त्यस्तै हसन शेख ले १३ रन, अमन कासगर ले ११ रन र फयान खान ले १० रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए।

९६ रनको लक्ष्यसहित मैदानमा उत्रिएको जुनियर क्याम्ब्रिजले सुरुवातदेखि नै दबाब खेप्दै १३ ओभरमा सबै विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो। जुनियर क्याम्ब्रिजका लागि गौश हलुवाई ले १३ रन बनाए भने अभिषेक शर्मा, अयान खान र ऋतिक सिंह राजपूत ले समान १०–१० रन जोडे। इमरान खान ले ७ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।

बलिङतर्फ एनपीजे लायन किङ्सका बलरहरूले प्रभावशाली प्रदर्शन गरे। अमन कासगर ले घातक बलिङ गर्दै ३ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए। त्यस्तै अयान खान ले १ ओभरमा ११ रन दिँदै २ विकेट, तौशेर खान ले ३ ओभरमा १५ रन दिँदै २ विकेट तथा फरान अली शेख ले ३.४ ओभरमा १९ रन दिँदै १ विकेट लिएर टोलीलाई जिततर्फ डोर्याए।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका इमरान खान लाई प्लेयर अफ द म्याच घोषित गरिएको आयोजकले जनाएको छ।

