समाचार, भर्खरै, राजनीति, समाचार

घरदैलोमै गुञ्जियो परिवर्तनको आवाज : बाँके–२ मा दिपेन्द्र बिष्टको तारामय अभियान तीव्र

०५, फल्गुण २०८२ मगंलवार 

बाँके, नेपालगन्ज – बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट ले मंगलबार नेपालगन्जका विभिन्न वडामा सशक्त घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको छ। ज्ञानपुर्वा, पोतेपुर्वा (पोतेदारपुर), माइगाउँ, थपुवा तथा नेपालगन्ज–२० र ४ का बस्तीहरूमा पुगेर उहाँले स्थानीय नागरिकका समस्या सुन्नुका साथै समाधानका स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो।


घरघर पुगेर मतदातासँग हातेमालो गर्दै बिष्टले भ्रष्टाचारविरुद्ध कडा आवाज उठाउने अठोट दोहोर्‍याउनुभयो। “युवाशक्ति साथमा लिएर म सधैं जनताको पक्षमा उभिनेछु। गाउँ–समाजका समस्या समाधानमा मेरो प्रतिबद्धता अडिग छ,” उहाँले भन्नुभयो।


भेटघाटका क्रममा सुकुम्बासी व्यवस्थापन, पूर्वाधार विकास, गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा सुधार र बाढी नियन्त्रण जस्ता ज्वलन्त मुद्दालाई प्राथमिकतामा राख्दै तत्काल सुधारका योजनाहरू अघि सार्ने प्रतिवद्धता जनाउनुभयो। स्थानीय मतदाताले पनि उत्साहपूर्वक स्वागत गर्दै चुनाव चिन्ह ‘तारा’मा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement


राजनीतिक विश्लेषकहरूका अनुसार, बिष्टको प्रत्यक्ष संवाद र घरदैलो केन्द्रित अभियानले मतदातामा विश्वास बढाएको छ। जनताका गुनासा सुन्ने र समाधानका लागि अग्रसर देखिएको शैलीले उहाँलाई बलियो प्रतिस्पर्धीका रूपमा उभ्याएको विश्लेषण गरिएको छ।

यसरी, बाँके–२ मा दिपेन्द्र बिष्टको अभियान केवल औपचारिक प्रचारमा सीमित नरही जनविश्वास निर्माणतर्फ केन्द्रित देखिएको छ। नेपालगन्जका टोल–बस्तीमा निरन्तर गुञ्जिरहेको परिवर्तनको सन्देशले उहाँलाई तारामय उम्मेदवारका रूपमा स्थापित गर्दै चुनावी परिणाममा प्रभाव पार्ने संकेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement