समाचार, भर्खरै, राजनीति, शिक्षा, समाचार

नेकपा एमालेका बाँके–२ का उम्मेदवार मोहम्मद इस्तियाक राईद्वारा नेपालगञ्ज–१९ मा मतदाता भेटघाट

१७,माघ २०८२ शनिबार 

नेपालगञ्ज, बाँके – नेकपा एमालेका बाँके निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इस्तियाक राईले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ का मतदाताहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्नुभएको छ।


भेटघाटका क्रममा नेकपा एमालेका उम्मेदवार राईले स्थानीय बासिन्दाका समस्या, आवश्यकता र सुझाव सुन्दै विकास, सुशासन, रोजगारी र जनजीवनसँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले देशको स्थायित्व र समृद्धिका लागि नेकपा एमालेको नीति र कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो।

Advertisement


कार्यक्रममा सहभागी मतदाताहरूले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा रोजगारीसँग सम्बन्धित समस्या उठाएका थिए। उम्मेदवार राईले ती समस्याको समाधानका लागि नेकपा एमालेको नेतृत्वमा पहल गरिने आश्वासन दिनुभयो।


भेटघाट कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। प्रत्यक्ष संवाद र घरदैलो अभियानसँगै वडा नम्बर १९ मा चुनावी गतिविधि थप तीव्र बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement