जीवनशैली, भर्खरै, समाचार, समाचार, स्वास्थ

नेपालगन्जमा वरिष्ठ चिकित्सक डा. सैयद वकार अहमदद्वारा नियमित स्वास्थ्य सेवा सुरु

०१ कार्तिक २०८२ शनिबार 

नेपालगन्ज, बाँके – अब नेपालगन्जबासीले गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा स्थानीय स्तरमै पाउने भएका छन्। जनसेवा फार्मेसी चिरायु डायग्नोस्टिकको पहलमा वरिष्ठ फिजिसियन डा. सैयद वकार अहमदले हरेक महिनाको पहिलो र तेस्रो शनिबार उपचार सेवा उपलब्ध गराउने कार्यक्रम सुरु भएको छ।

डा. अहमद एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान) का वरिष्ठ सल्लाहकार तथा असिस्टेन्ट प्रोफेसर हुन्। उहाँले मधुमेह, उच्च रक्तचाप, हृदय रोग, मिर्गौला, कलेजो, थाइराइड, दम, संक्रमणजन्य रोग, पाचन प्रणाली र रक्त तथा प्रतिरोधात्मक प्रणालीका रोगहरूको परामर्श र उपचार उपलब्ध गराउने जानकारी दिनुभयो।

समारोहमा नरैनापुर गाउँपालिका अध्यक्ष सैयद इस्तियाक अहमद शाह प्रमुख अतिथिका रूपमा उपस्थित हुनुको साथै समाजसेवी र स्थानीय प्रतिनिधिहरूले सहभागिता जनाए। कार्यक्रममा अतिथिहरूलाई खादा लगाएर स्वागत गरिएको थियो।

Advertisement

फार्मेसीका अध्यक्ष कृष्ण देवकोटाले जनस्वास्थ्य सुधारका लागि गुणस्तरीय सेवा स्थानीयस्तरमै उपलब्ध गराउनु सकारात्मक पहल भएको बताए। जनसेवा फार्मेसी नेपालगन्जको सन्जिवनी कलेज अफ मेडिकल साइन्सको पूर्व गेट अगाडि, भिजन आँखा अस्पताल नजिक अवस्थित छ।

थप जानकारीका लागि सम्पर्क: ९८४४८५३२४७, ९८१२५५८०८२, ९७४२२११९१९।

Advertisement

नेपालगन्जबासीका लागि सहज, गुणस्तरीय र विश्वसनीय उपचार अब नजिकै उपलब्ध।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0