१४ भदौ २०८२ शनिबार
बाँके, कोहलपुर ।
कोहलपुर इलाका प्रहरी कार्यालयकै परिसरभित्र पार्किङमा राखिएको मोटरसाइकल दिउँसै चोरी भएको छ ।
शुक्रबार दिउँसो करिब २ बजे काम विशेषले इलाका प्रहरी कार्यालय प्रवेश गरेका कोहलपुरका सुरज यादवको भे ११ प ९६७८ नम्बरको कालो–रातो रंगको पल्सर मोटरसाइकल कम्पाउन्डमै हराएको हो ।
काम सकेर फर्किने क्रममा मोटरसाइकल फेला नपरेपछि यादवले तत्काल प्रहरीसमक्ष गुनासो राख्दै निवेदन दिएका छन् ।
सुरक्षा निकायकै परिसरभित्र यसरी मोटरसाइकल चोरी हुनुले स्थानीयवासीले आश्चर्य प्रकट गरेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
उक्त मोटरसाइकल फेला पार्ने व्यक्तिलाई यादवले ९८०२५६७६५७ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1