जीवनशैली, भर्खरै, समाचार, समाचार

सिन्धुलीमा विचित्र खोलाको बाढी बस्तीमा पस्यो, एक जना घाइते

३१ श्रावण २०८२ शनिबार 

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–१, गिचिहानी गाउँमा अविरल वर्षापछि आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

शनिबार दिउँसो करिब साढे ३ बजेतिर भएको मुसलधारे वर्षापछि विचित्र खोलामा आएको आकस्मिक बाढी बस्तीमा पसेर ठुलो नोक्सान गरको छ ।

बाढीले गाउँका १० घर डुबानमा परेका छन् भने स्थानीय भद्र कुमारी दनुवार घाइते भएकी छिन् । घरभित्र फसेकी दनुवारलाई ईलाका प्रहरी कार्यालय दुधौलीबाट गएको प्रहरी टोलीले सकुशल उद्धार गरेको थियो ।

Advertisement

उनको अवस्था मध्यम रहेको र दुधौली नगर अस्पताल सिर्थौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

प्रहरीले क्षतिको विवरण यकिन नभएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement