खेलकुद, जीवनशैली, भर्खरै, मनोरञ्जन, शिक्षा, समाचार, समाचार, स्वास्थ

एनटी स्ट्राइकले नेपाललाई दियो १७८ रनको लक्ष्य

३० श्रावण २०८२ शुक्रबार 

काठमाडौँ । टप इन्ड टी-२० सिरिज अन्तर्गत एनटी स्ट्राइकले नेपाललाई १७८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको एनटी स्ट्राइकले २० ओभरमा ८ विकेट गुमाउदै १७७ रन बनाएको हो ।

एनटी स्ट्राइकका लागि डी आर्सी सर्टले सर्बाधिक ५१ रन बनाएका थिए भने टम आन्ड्रुजले ३२, जोर्डन सिल्कले १९ र कोन्नर कारोलले १८ रन बनाएका थिए ।

Advertisement

नेपालले यस खेलमा २४ रन अतिरिक्त दिएको थियो ।

त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने शहाब आलमले २, रुपेश सिंह, दिपेन्द्र सिंह ऐरी, गुलशन कुमार झा र एक एक विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement