समाचार, अन्य, जीवनशैली, भर्खरै, समाचार

“मुस्ताङको घाँसा–बेनी सडक खण्ड राति ६ बजेबाट बिहान ५ बजेसम्म बन्द, बाढी र पहिरोको जोखिमका कारण”

२६ श्रावण २०८२ सोमबार 

पोखरा मुस्ताङको घाँसा-बेनी सडक खण्ड रातिमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले मनसुन् जन्य प्रभावका कारण बाढी पहिरोको जोखिम कायमै रहेकोले साउन २७ गतेदेखि घाँसा देखि बेनी जाने सवारी साधनलाई बेलुका ६ बजेदेखि बिहान ५ बजे सम्मलाई अर्को सूचना नभए सम्मको लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो ।

Advertisement

प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालले जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको बताउदै यस समयमा सवारी साधन आवगमन बन्द रहने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement