०५ असार २०८२ बिहीबार
काठमाडौं, – आगामी आर्थिक वर्षको बजेटप्रति गम्भीर असन्तुष्टि जनाउँदै नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले प्रतिनिधिसभाको बैठकमै बजेट पुस्तिका च्यातेर विरोध जनाएका छन्।
सांसद थापाले सरकारले प्रस्तुत गरेको बजेट जनताको भावना विपरीत रहेको र यसले “एकाधिकारको प्रवृत्ति” बलियो बनाउन खोजेको आरोप लगाए। जनताको करबाट बनेको बजेट आफैं जनताप्रति उत्तरदायी नरहेको भन्दै उनले “रातो किताब” च्यातेर सरकारको नीति तथा कार्यक्रमप्रति असहमति प्रकट गरे।
उनले विशेषगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट उल्टो दिशा तर्फ गइरहेको उल्लेख गर्दै, “यो बजेटले आम जनताको हित होइन, सत्ताको सन्तुलन बिगार्ने काम मात्र गरेको छ,” भन्ने टिप्पणी गरे।
प्रतिनिधिसभा बैठकमा सांसद थापाको यस्तो कडा र नाटकीय विरोधले संसदमा केही समय तनाबको अवस्था सिर्जना भएको थियो।